सुरुङ्गा (झापा), ९ माघ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको मेचीनगरपालिका– १२ इँटाभट्टा चोकमा भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर– १० निवासी ३७ वर्षीय यम खवास छन् । गएराति विर्तामोडबाट काँकरभिट्टा तर्फ जाँदै गरेको को ५.प ३३६६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । रासस
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline