मच्छ्रिन्द्रनाथको मूर्तिमा सुनको लेपन

मच्छ्रिन्द्रनाथको मूर्तिमा सुनको लेपन

  • शनिबार, माघ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, ९ माघ ।

काठमाडौँको जनवहालस्थित सेतो मच्छ्रिन्द्रनाथको मूर्तिलाई सुनको लेपनबाट शृृङ्गार गरिएको छ । प्रत्येक वर्ष पुस शुक्ल चतुर्थीमा मूर्तिलाई यस किसिमको शृृङ्गार गरिन्छ । एकसाता अघि अष्टमीका दिन सोही मूर्तिलाई महास्थान गराएपछि रङ्गरोगन तथा मर्मत गरिएको थियो ।

महास्नानपछिको करिब एकसाताको अवधिमा मूर्तिको ब्रतबन्ध, विवाहलगायत विभिन्न दशकर्मका विधि सम्पन्न गरिएको पुजारी स्वयम्भूरत्न बज्राचार्यले जानकारी दिनुभयो ।

भक्तजनले चढाएको सुनबाट मूर्तिमा लेप लगाउने भक्तजनलाई दर्शन गराउने परम्परा प्राचीनकालदेखि नै रहिआएको छ ।

सोही मन्दिरमा पूर्णिमाका दिन विधि विधानपूर्वक विशेष पूजा गरी मूर्तिलाई प्राणप्रतिष्ठा गराइ यथास्थानमा विराजमान गराइन्छ । महास्नानका लागि बाहिर निकालेपछि त्यहाँ एक सातादेखि कलशलाई प्रतिस्थापन गराइएको छ ।

सहकाल र वर्षाका देवता मानिने मच्छ्रिन्द्रनाथलाई शान्ति र करुणाका प्रेरकका रुपमा समेत पूजा गरिन्छ । मच्छ्रिन्द्रनाथलाई हिन्दू धर्माबलम्बीले हरिहरका रुपमा, बौद्ध धर्माबलम्बीले आर्यावलोकितेश्वरका रुपमा तथा वैष्णवले नारायणका रुपमा पूजा तथा आस्था प्रकट गर्ने गर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ