करिब साँढे ६ हजार लिटर अबैध इन्धन बरामद

करिब साँढे ६ हजार लिटर अबैध इन्धन बरामद

  • शनिबार, माघ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ ९ माघ ।  

प्रहरीले सुनसरीबाट करिब साढे ६ हजार लिटर अबैध इन्धन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले जिल्लाको लौकही गाविस बसचौक र भोक्राहा गाविस–५ बाट करिब ६ हजार ६ सय लिटर अबैध इन्धन बरामद गरिएको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो ।

प्रहरी जाँचका क्रममा ड्रममा राखेर बा ८ च ८१९६ र बा ९ च ९४६२ नम्बरका दुईवटा पिकअप भ्यानमा राखेर लैजाँदै गरेको अवस्थामा तीन हजार ९ लिटर अवैध इन्धन बरामद गरेको हो ।

यस्तै प्रहरीले भोक्राहा–५ बाट बा ३ ख ७०११ नम्बरको गाडीबाट दुई हजार ७ सय लिटर अवैध इन्धन बरामद गरेको छ ।

बरामद इन्धन आवश्यक कानुनी काबाहीका लागि सेतुबन्ध भन्सार कार्यालय कोसी ब्यारेजमा बुझाइएको पोखरेलले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ