झाँक्री सुकबहादुरविरुद्ध ज्यान मार्ने मुद्दा

झाँक्री सुकबहादुरविरुद्ध ज्यान मार्ने मुद्दा

  • शुक्रबार, माघ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

पाँचथर, ८ माघ ।
पाँचथर ओयाम–१ फाक्लुङका एक १४ महिनाको बालकलाई बोक्सी लागेको भन्दै फाली र ढुङ्गा डाम्ने झाँक्रीविरुद्ध आज बिहान जिल्ला प्रहरी कार्यालय पाँचथरमा मुद्दा दर्ता भएको छ ।

बालक दीपसनका बुबा धनबहादुर राईले झाँक्री सुकबहादुर राईविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दिई मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो । प्रहरीको हिरासतमा रहेका झाँक्रीविरुद्ध अब मुद्दा प्रक्रियासँगै अनुसन्धान अघि बढाइने उहाँले बताउनुभयो ।

बच्चाको भने घटना घटेको १३ दिनमा बिहीबार ल्याई जिल्ला अस्पतालमा अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । बच्चाको उपचारमा संलग्न जिल्ला अस्पताल पाँचथरका डाक्टर मनोज नेपालीले बच्चाको अवस्था हेर्दा गम्भीर रहेको बताउँदै अझै एक हप्तासम्म अस्पतालमै राखेर उपचार गराउनुपर्ने बताउनुभयो ।

पखालाले जीवन र मरणको दोसाँधमा भएका धनबहादुरका १४ महिनाका छोरा दीपसन राईलाई विजुवाले उपचार गर्ने क्रममा डामेका हुन् । वडा नागरिक मञ्चमा भएको एक कार्यक्रममा कुरा उठेपछि घटना सार्वजनिक भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ