दुई महिनापछि साल्मे केन्द्रविन्दु भएर ठुलो पराकम्प

दुई महिनापछि साल्मे केन्द्रविन्दु भएर ठुलो पराकम्प

  • शुक्रबार, माघ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, ८ माघ । 

विनाशकारी भूकम्प गएको करिब नौ महिना पुगिसक्दापनि पराकम्प जानेक्रम अझै रोकिएको छैन ।

यसैक्रममा गएराति धादिङ र नुवाकोटको सीमामा केन्द्रविन्दु भएर भूकम्पको एउटा पराकम्प गएको छ ।

नुवाकोट र धादिङको सिमानामा पर्ने साल्मे आसपास केन्द्र बनाएर राति १ बजेर ७ मिनेट मा ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि गत मंसिर ३ गते सिन्धुपाल्चोकमा ५ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएपछिको यो नै ठूलो पराकम्प गएको हो । यसअघि ७ दिन अघि दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ३ र ४ दशमलव १ रेक्टर स्केलको २ वटा पराकम्प गएको थियो ।

यो सँगै वैशाख १२ यता हालसम्म ४ रेक्टर स्केल भन्दा माथिका ४ सय २७ भन्दा बढी पराकम्प गैसकेको केन्द्रले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ