त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान प्रभावित

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान प्रभावित

  • शुक्रबार, माघ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, ८ माघ । 

काठमाडौं उपत्यका सहित देशका अधिकांश स्थानमा अहिले कुहिरो लागेको छ । उपत्यकामा अहिले लागेको कुहिरोका कारण त्रिभूवन अन्तर्राष्टिय विमानस्थलबाट हुने सबै उडान प्रभावित भएको छ ।

कुहिरोका कारण २ सय मिटर मात्र भिजिविलिटी भएपछि अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ ।

सामान्यतया अन्तर्राष्ट्रिय उडानका लागि ३ हजार मिटरसम्मको भिजिविलिटी आवश्यक पर्दछ । यस्तै आन्तरिक उडानका लागि १५ सय मिटर भिजिविलिटी आवश्यक भएकाले दुवै उडान प्रभावित भएको हो ।

उपत्यका लगायत आसपासका क्षेत्रमा बिहान १० बजेपछि विस्तारै कुहिरो हट्दै जाने भएपनि तराईका जिल्लामा भने आज दिनभरी नै लाग्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच आज पहाडी क्षेत्रमा आंशिक बदली भएपनि अन्य स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव हट्दै गएकाले पूर्व र पूर्वसँगै जोडिएको मध्य पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का वर्षाको संभावना रहेपनि बाँकी स्थानको मौसम भने सफा रहनेछ ।

तीन दिन पछि भने पुनः अर्को पश्चिमी वायु सक्रिय हुने भएकाले बदली हुने अनुमान गरिएको मौसमविद् श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ