विश्वविद्यालय आक्रमणको भत्र्सना

विश्वविद्यालय आक्रमणको भत्र्सना

  • बिहिबार, माघ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, ७ माघ ।
सरकारले पाकिस्तानको उत्तरपश्चिमी सहर पेसावरको बचाखान विश्वविद्यालयमा बुधबार भएको आतङ्कवादी आक्रमणको भत्र्सना गरेको छ ।

परराष्ट्र मन्त्रालयले पाकिस्तान सरकारलाई आज एक शोक सन्देश पठाउँदै उक्त आक्रमणको भत्र्सना गर्दै घटनामा भएको मानवीय क्षतिप्रति नेपाली जनता र नेपाल सरकारका तर्फबाट दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ “यस दुःखको घडीमा नेपाली र नेपाल सरकार पाकिस्तान सरकारको साथमा छ, यस्ताखाले कारुणिक आतङ्कवादी हमलाको हामी कडा शब्दमा निन्दा र भत्र्सना गर्दछौँ ।”

उक्त विश्वविद्यालयमा भएको आतङ्ककारी हमलामा विद्यार्थी र प्राध्यापक गरी २१ जनाको मृत्यु भएको थियो भने दर्जनौँ विद्यार्थी घाइते भएका थिए । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ