आत्मरक्षाका लागि गोली चलाउन बाध्य भयौँ : एसपी लम्साल

आत्मरक्षाका लागि गोली चलाउन बाध्य भयौँ : एसपी लम्साल

  • बिहिबार, माघ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

माघ ७, मोरङ ।
मोरङको रंगेलीमा प्रहरीको गोली लागेर तीनजनाको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेका बरडंगा–२ का ४० वर्षका महादेश ऋषीदेव, मोरङको डाइनियाका शिबु माझी र बरडंगा–३ की ६५ वर्षकी द्रौपदी चौधरीको मृत्यु भएको हो ।

झडपमा घाइते भएका ६ जनाको रंगेली अस्पताल र गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी तारिणीप्रसाद लम्सालले आत्मरक्षाका लागि बाध्य भएर गोली चलाउनुपरेको बताउनुभयो ।

एमालेको भातृ संगठन युवा संघले गरेको कार्यक्रमलाई मोर्चाका कार्यकर्ताले बिथोल्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जानकारी दिनुभयो  ।

आन्दोलनकारीले गोली समेत चलाएपछि प्रहरीले पनि गोली चलाएको उहाँको दावी छ । रंगेलीमा बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ