पाँचथर, ७ माघ ।
सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको जिल्लाको दक्षिणी भेगमा तमोर लिफ्ट खानेपानी आयोजनाको काम चाँडै सुरु हुने भएको छ ।
यासोक, रानीगाउँ, स्याबरुम्बा क्षेत्रका स्थानीयवासीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको आयोजनाको जिम्मा पाएको प्रेरा–स्वामी नारायण जेभीले एक हप्ताभित्रमा काम थाल्ने जनाएको छ । आयोजना निर्माण भए सुख्खाग्रस्त गाविस यासोक, रानीगाउँ र स्याबरुम्बाका वासिन्दालाई खानेपानीको पूर्ती गर्न सकिने छ ।
आव २०७२÷७३ मा स्वीकृत भएको सो आयोजनाको विस्तृत सर्वेक्षण सम्पन्न भइसकेको छ भने आयोजना सम्पन्न गर्न सरकारले रु ५१ करोड ३० लाख २० हजार बजेट स्वीकतृ गरेको खानेपानी सरसफाइ डिभिजन कार्यालयका प्रमुख निरञ्जन खनालले बताउनुभयो । आयोजना निर्माण दुईवर्ष भित्र सम्पन्न गर्नुपर्ने छ भने उपभोक्ताले मासिक रु ५६५ शुल्क तिर्नुपर्ने छ ।
खानेपानी तथा डिभिजन कार्यालयका अनुसार ट्रिटमेन्ट प्लान्टबाट शुद्ध गरेको पानी वितरण गरिने, ठाउँ÷ठाउँमा सात ठूला र चार साना स्टेसन बनाइने तथा प्रत्येक स्टेसनमा एक÷एकजना कर्मचारी राखिने छ । उक्त क्षेत्रमा अहिले स्थानीयवासी खानेपानी अभावका कारण बर्सेनि बसाइ सर्न थालेका छन् ।