मुस्ताङ, ७ माघ ।
वर्षासँगै हिमाली जिल्ला मुस्ताङको पर्यटकीय क्षेत्रमा हिमपात भएको छ ।
भारी हिमपात र मौसम खराब हुन थालेपछि जिल्ला भ्रमणमा आउने पर्यटकले भ्रमण रद्द गर्न थालेका छन् । बुधबार जिल्लाको लोमान्थाङ, मुक्तिनाथ, कागबेनीसहित तल्लो क्षेत्र लेते, कोबाङ, टुकुचे क्षेत्रमा हिमपात भएको छ । चिसो बढेपछि स्थानीयवासी आगो तापेर बस्न थालेका छन् भने वृद्धवृद्धा बाहिर निस्कन सकिरहेका छैनन् । एक हप्ताको अवधिमा जिल्लामा दुईपटक हिउँ परेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख सन्तोष शेरचन हिउँसंगै चिसो बढेपछि मुस्ताङ भ्रमणमा आउने अस्ट्रेलिया र जापानका पर्यटकले भ्रमण रद्द गरेको बताउनुहुन्छ । “दुईवटा समुहमा आउने तयारी गरिरहेका पर्यटकले मौसम खराब भएपछि भ्रमण रद्द गरेका छन्” उहाँले भन्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline