कृषि विकास बैंकले थप लगानी गर्ने

कृषि विकास बैंकले थप लगानी गर्ने

  • बिहिबार, माघ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, ७ माघ ।

‘क’ वर्गको वित्तीय सस्था कृषि विकास बैंकले भूकम्प प्रभावित १४ जिल्लामा कृषिको व्यवसायिकरण र यान्त्रिकीकरण गर्न विशेष लगानी गर्ने भएको छ ।

ती जिल्लामा कति लगानी गर्ने भन्ने आन्तरीक कार्यविधि बनिरहेको बैंकले जनाएको छ । सो बंैकको अधिकृत पुँजी रु १३ अर्ब र जारी पुँजी रु ९ अर्ब ८६ करोड ०८ लाख रहेको छ । बैंकको ४९आँै वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा हालसम्म रु ६ खर्ब १७ अर्ब ३८ करोड ५४ लाख लगानी भएको जानकारी दिइयो ।

विसं २०२४ माघ ७ गते स्थापना भएको सो बैंक २०६२ साल असार १३ गते कम्पनीमा रुपान्तरण भएको थियो । दुईलाख साधारण सेयरधनी रहेको बैंकको ग्राहक सङ्ख्या करिब १० लाख पुगेको छ । विनासकारी भूकम्प तथा जारी मधेस आन्दोलनका कारण आफ्नो कारोबारमा लक्ष्य अनुसार प्रगतिमा चुनौती रहेको बंैकले जनाएको छ । आम्दानीको बढी हिस्सा कर्जाको ब्याज हुनु, गैरकोषमा आधारित आम्दानी कम हुनु, निस्क्रिय कर्जा बढ्दै जानु, लागत निरन्तर वृद्धि हँुदै जानु बैंकको आन्तरिक चुनौती हुन् ।

गतवर्ष ७ प्रतिशत बोनस सेयर वितरण गरेको कम्पनीले आफ्ना सेयरधनीलाई यस आवमा समेत सक्दो बढी प्रतिफल दिने जनाएको छ । यसका लागि बंैकले बाह्य लेखा परीक्षण कार्य अन्तिमचरणमा पुगेको जानकारी दिएको छ । बैंकले आफ्नो पाँचवर्षे व्यावसायिक योजनाअन्तर्गत विशेष राहत कार्यक्रम, व्यावसायिक कृषि कार्यक्रम, न्युन लागतको निक्षेप परिचालन, सञ्चालन खर्चमा न्यूनीकरण, बैंक सेवाको विस्तार जस्ता क्षेत्रमा प्राथमिकता दिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कृषिको व्यवसायीकरण र यान्त्रिकीकरण गर्ने सरकारको नीति रहेको हुँदा यस क्षेत्रमा लगानी वृद्धि गर्न बैंकलाई आग्रह गर्नुभयो । उहाँले भूकम्प र नाकाबन्दीका कारण अर्थतन्त्रलाई नकारात्मक दिशामा जान नदिन सरकार सचेत रहेको बताउँदै यसका लागि बैंकले पनि थप वित्तीय सुशासन कायम गर्न जोड दिनुभयो ।

परम्परागत कार्यशैलीले आधुनिक र प्रतिस्पर्धी रूपमा बैंक उत्रिन नसक्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले भन्नुभयो “सेवाग्राही र सूचना प्रविधि मैत्री कृषि विकास बंैकलाई बनाउनुपर्छ ।” बैंकको वित्तीय प्रगतिमा नै बैंकमा कार्यरत कर्मचारीको हित हुने उहाँको भनाइ छ । सो अवसरमा अर्थमन्त्री पौडेलले वार्षिकोत्सवका अवसरमा प्रकाशित ‘बैंक समाचार’ नामक पुस्तक सार्वजनिक गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चीरञ्जीवि नेपालले दिगो र उच्च आर्थिक वृद्धिका लागि प्रतिस्पर्धी लागतमा कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधार विकासमा थप वित्तीय साधन प्रवाह गर्नुपर्ने बताउनुभयो ।
उहाँले ग्रामीण व्यवसायी तथा कृषकको आवश्यकतामा बंकले पु¥याएको सेवा महत्वपूर्ण रहेको बताउनुभयो । बंैकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले अगामी दिनमा सरकारको प्राथमिकता र विपन्न वर्गलाई लक्षित गरी ल्याइएका कार्यक्रममा बैंकले साझेदारी गर्दै जाने नीति रहेको जानकारी दिनुभयो ।

सो अवसरमा बैंकमा लामो समयदेखि कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी