तराई मधेसका जनता देशभक्त सिपाही– महासचिव पोखरेल

तराई मधेसका जनता देशभक्त सिपाही– महासचिव पोखरेल

  • बिहिबार, माघ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

विराटनगर, ७ माघ ।

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले तराई मधेसका जनता सयौँ वर्षदेखि देशभक्त सिपाहीका रुपमा सीमाको रक्षा गर्दै आइरहेको बताउनुभएको छ ।

मोरङको पूर्वी नगरी रङ्गेलीमा आज सो पार्टीको भातृसंस्था युवासङ्घ नेपालद्वारा आयोजित तराई मधेस संवाद तथा जनजागरण कार्यक्रममा उहाँले मधेसमा संविधानको विषयमा भ्रम फैलाइएको दाबी गर्नुभयो ।

महासचिव पोखरेलले नागरिकता, प्रदेशको सरकारी कामकाजको भाषालगायतका विषयमा मधेसी समुदायमा मधेसी मोर्चाले भ्रम फैलाएकाले यसलाई चिर्न कार्यकर्र्ता अग्रसर हुनुपर्ने सुझाव दिनुभयो ।

युवा तथा खेलकुदमन्त्री तथा नेकपा (एमाले)का स्थायी समितिका सदस्य सत्यनारायण मण्डलले सिङ्गो मुलुक बन्द हडताल र नाकाबन्दीका कारण छटपटाइरहेको उल्लेख गर्दै जनताको अभिमतबाट संविधान बनेकाले विरोध गर्नुको अर्थ नरहेको बताउनुभयो ।

नेकपा (एमाले)का स्थायी समितिका सदस्य शङ्कर पोखरेलले नेपाल राष्ट्रको निर्माणमा पहाडी समुदायको जति योगदान छ उतिकै मधेसी समुदायको पनि योगदान रहेको उल्लेख गर्दै उहाँले राष्ट्रको समृद्धिमा जुट्न लागेका बेलामा मधेसी मोर्चाले जनतालाई अलमलाउन लागेको धारणा प्रकट गर्नुभयो ।

युवासङ्घ नेपालका केन्द्रीय सचिव पर्शुराम बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमालेका केन्द्रीय सदस्यद्वय निरुदेवी पाल, जीवन घिमिरे, युवासङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहाडी, सो सङ्घका पूर्वअध्यक्ष महेश बस्नेत, सङ्घका कोसी इन्चार्ज रविन थापा र एमाले मोरङका अध्यक्ष महेश रेग्मीलगायतले जागरण कार्यक्रमबारे मन्तव्य दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ