माघ ७, मोरङ ।
एमाले निकट युवा संघले आयोजना गरेको कार्यक्रम बिथोल्न खोज्दा मोरङको रंगेलीमा प्रहरी र संयृुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ । झडपपछि अहिले सो स्थान तनावपूर्ण रहेको छ ।
मोर्चा कार्यकर्ताले युवा संघले रंगेलीमा आयोजना गरेको कार्यक्रम बिथोल्ने प्रयास गरेपछि प्रहरीसंग झडप भएको हो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार तथा हवाई फायर गरेको छ ।
झडपपछि प्रहरीले चलाएको गोली लागी एक जना महिलाकोे मृत्यु भएको मधेशी मोर्चाले दाबी गरेको छ । तर प्रहरीले भने यसको पुष्टि गरेको छैन ।
एमाले निकट युवा संघले कार्यक्रम गर्ने तयारी गरेपछि मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोज्दा हिजो बिहानै देखी रंगेली क्षेत्र तनावग्रस्त बनेको थियो । हिजो साझ पनि रंगेलीमा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline