चितवनका काँग्रेस नेता जोशी अचेत अवस्थामा अस्पतालमा

चितवनका काँग्रेस नेता जोशी अचेत अवस्थामा अस्पतालमा

  • बिहिबार, माघ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडाँैं, ७ माघ ।

चितवन निवासी नेपाली काँग्रेसका पुराना नेता नारायणप्रसाद जोशी लामो समयदेखि अचेत अवस्थामा रहेपछि थप उपचारका लागि काठमाडौँं ल्याइएको छ ।

चितवनको भरतपुर अस्पतालमा एक हप्तासम्म आइसियुमा राखी उपचार गरेपनि सुधार हुन नसकेपछि उहाँलाई आज काठमाडाँैं ल्याइएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।

झण्डै १५ वर्षदेखि पक्षाघातबाट ग्रसित जोशी चितवनको टिकुलिगढस्थित आफ्नै घरमा बसिरहेका बेला एक हप्ता अगाडि बेहोस भएपछि भरतपुर अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई आज काठमाडौँंको बालाजुस्थित जनमैत्री अस्पतालमा भर्ना गरिएको छ । नेता जोशीको अवस्था चिन्ताजनक रहेको पनि केसीले बताउनुभयो ।

नेपाली काँग्रेस पर्वतका पूर्व जिल्ला सभापति समेत रहेका ९२ वर्षीय जोशी प्रजातन्त्रका पक्षमा लड्दा तत्कालीन पञ्चायती शासकले सर्वस्वहरणसहित देश निकाला गरेपछि १४ वर्ष भारत निर्वासनमा बस्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ