सङ्गीतकार खड्गीको आज बिहान निधन

सङ्गीतकार खड्गीको आज बिहान निधन

  • बिहिबार, माघ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौँ, ७ माघ ।

सङ्गीतकार रत्नबहादुर खड्गीको ७९ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित खड्गीको उपचारका क्रममा भक्तपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सङ्गीतकार खड्गीले पुराना तथा नयाँ गरी झण्डै सातसय गीतमा सङ्गीत भर्नुभएको छ ।

काठमाडौँंको कीर्तिपुरमा जन्मिनुभएका खड्गी अहिले बागबजारमा बस्दै आउनुभएको थियो । उहाँले सङ्गीत गरेकामध्ये ‘एक्लै बस्दा सधँै मलाई सम्झना तिम्रो आइदिन्छ’, ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’, ‘कर्मको रेखा नमेट्दो रै छ’, ‘सिरानीले बिझायो कि ?’ लगायतका दर्जनाँै गीत लोकप्रिय छन् ।

उहाँको सङ्गीतमा पुरानो पुस्ताका अरुणा लामा, दिलमाया खातीदेखि अहिलेका सत्यराज आचार्य, अञ्जु पन्तलगायत गायक गायिकाले स्वर दिनुभएको छ । स्वर्गीय खड्गीका एक छोरा र दुई छोरी छन् । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी