तेह्रबुँदे घोषणापत्र जारी

तेह्रबुँदे घोषणापत्र जारी

  • बिहिबार, माघ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

इटहरी, ७ माघ ।

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको आयोजना तथा महासङ्घ सुनसरी शाखाको संयोजनमा इटहरीमा सम्पन्न ‘पत्रकार सुरक्षा तथा आचारसंहिता’ विषयक बृहत अन्तरक्रियाबाट १३ बुँदे घोषणापत्र जारी गरिएको छ ।

इटहरीमा आयोजित पूर्वाञ्चलस्तरीय पत्रकारको भेलाले महासङ्घ र काउन्सिलले जारी गरेको यसअघिको आचारसंहितामा थप परिमार्जन गर्दै सञ्चारकर्मीले आफूलाई आमुल परिवर्तन गर्दै जिम्मेवार र आम नेपाली जनताप्रति जवाफदेही भएर काम गर्ने जिम्मेवार सञ्चारकर्मीका रुपमा विकास गर्नुपर्नेमा जोड दिएको छ ।

घोषणापत्रमा मधेसका मागलाई तत्काल सम्बोधन गर्नुपर्नेमा विशेष जोड दिँदै द्वन्द्व निरुपणका निम्ति सरकारसमक्ष सकारात्मक भूमिका निर्वाह गर्न प्रतिबद्ध हुने घोषणा गरिएको छ ।

पत्रकारलाई जिम्मेवार तुल्याउन शुद्धीकरण जरुरी रहेकातर्फ पनि विशेष ध्यानार्षण गराउँदै आन्दोलनरत क्षेत्रका समाचार प्रकाशन एवम् प्रसारणमा सम्बन्धित सञ्चार माध्यमलाई विशेष आग्रह गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा सञ्चार प्रतिष्ठानले पनि जिम्मेवार र जवाफदेही भएर आचारसंहिताको पालना गर्नुपर्ने र न्यूनतम् पारिश्रमिक निर्धारण आयोगले तोकेको पारिश्रमिक दिनुपर्ने तथा सूचना विभागले जारी गर्ने प्रेस पासलाई अधिक पारदर्शी बनाएर लैजाने विषयलाई पनि उच्च प्राथमिकता दिइने उल्लेख छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ