आगलागीबाट सुकुम्बासीको ज्यान गयो

आगलागीबाट सुकुम्बासीको ज्यान गयो

  • बिहिबार, माघ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

बैतडी, ७ माघ ।

आगलागीमा परी डोटीमा एक सुकुम्बासीकोे ज्यान गएको छ । ज्यान जानेमा दिपायल सिलगडी नगरपालिका–७ राजपुरका ५० वर्षीय भीमसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

राजपुरकै गोरखबहादुर खत्रीको टिनको टहरामा परिवारसहित बस्दै आएका सुनारको डेरामा गएराति आगलागी भएको थियो ।

आगोले जलेर गम्भीर घाइते भएका सुनारको सुजङ अस्पताल डोटीमा उपचारका क्रममा ज्यान गएको घटनास्थलमा खटिइएका प्रहरी सहायक निरीक्षक हेमन्तबहादुर पालले बताउनुभयो ।

मृतक सुनुवार मादक पदार्थ सेवन गरी सुतेको र उज्यालोका लागि बालेको मैनबत्ती ढलेर ओछ्यानबाट आगो सल्केको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीयबासी र प्रहरीको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको बताइएको छ ।

मृतकको श्रीमती र चार छोरी छिमेकीको विवाहमा गएकाले सकुसल रहेको प्रहरीले जनाएको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ