काठमाडौं, माघ ६
सत्ता पक्ष र विपक्षी दलले आन्दोलनरत मधेसी मोर्चालाई समेत सहमतिमा ल्याएर संविधान संशोधन विधेयक पारित गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता पक्ष र विपक्षी दलको बैठकले मोर्चालाई समेत विश्वासमा लिएर संशोधन प्रस्ताव पारित गर्ने निर्णयमा पुगेका हुन् ।छलफलमा सत्तारुढ एमाले, एकिकृत माओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिक र विपक्षी कांग्रेसका शीर्ष नेताहरु सहभागी थिए ।
संसदमा छलफलको क्रममा रहेको संशोधनले मोर्चाले उठाएका माग सम्बोधन गर्ने वा नगर्ने भन्ने विषय अध्ययन गर्न यसअघि गठन गरिएको तीन दलीय कार्यदललाई जिम्मा दिइएको नेपाली कांग्रेसका उपसभाति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
मोर्चासँग सहमति जुटाउन भन्दै तीन दलको आग्रहमा मंगलबारदेखि सुरु गर्ने तयारी गरिएको संशोधन विधेयकमाथिको दफावार छलफल बिहीबारका लागि सारिएको छ । मधेसी मोर्चाका शीर्ष नेताहरुसँग बिहीबार बिहान ९ बजे तीन दलले छलफल गर्ने पौडेलले जानकारी दिनुभयो ।
आउँदो माघ ९ गतेसम्म कुनै सहमति नभए संसदमा प्रस्तुत संविधानको संशोधन विधेयकलाई अघि बढाउने तीन दलको तयारी छ ।