संशोधन प्रस्तावको पक्षमा मतदानका लागि कांग्रेसको ह्विप

संशोधन प्रस्तावको पक्षमा मतदानका लागि कांग्रेसको ह्विप

  • बुधबार, माघ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, माघ ६ ।

नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

कांग्रेसमा प्रमुख सचेतक चिनकाजी श्रेष्ठले आज विज्ञप्ति निकालेर माघ ९ गते बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन र संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न कांग्रेस सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

नेपाली कांग्रेसका सभापति सुशील कोइराला नेतृत्वको सरकारले तराई मधेसमा भइरहेको आन्दोलन समाधानका लागि भन्दै संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेको थियो ।

तर आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संशोधन प्रस्ताव अनुसार संविधान संशोधन हुँदा पनि आफ्ना माग पुरा नहुने बताउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ