हवाई इन्धनको मुल्य घटेपछि भाडादर पनि घट्यो

हवाई इन्धनको मुल्य घटेपछि भाडादर पनि घट्यो

  • बुधबार, माघ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, ६ माघ ।  

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि निजी विमान कम्पनीले हवाई भाडादर घटाएका छन् । विमान कम्पनीले आन्तरिक रुटमा आजदेखि लागु हुने गरि हवाई भाडादर घटाएका हुन् ।

कम्तिमा सात सय ७५ देखि बढीमा दुई हजार ६ सय ७० रुपैयाँ भाडा घटाएको आन्तरिक विमान कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले जनाएको छ ।

तर नेपालगञ्ज र पोखराबाट सञ्चालन हुने पहाडी तथा लुक्लाबाट हुने हिमाली रुटको भाडा भने घटाइएको छैन । आयल निगमले सोमबार रातिदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य एक लिटरमा ६९ रुपैयाँ घटाएर एक सय ६४ रुपैयाँ कायम गरेको थियो ।

गत कात्तिकमा आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि निजी विमान कम्पनीले १४ सयदेखि चार हजार ९ सय ७० रुपैयाँसम्म भाडा बढाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ