मिनुष बनिन् युनिक्याम्पस मिस नर्स नेपाल

मिनुष बनिन् युनिक्याम्पस मिस नर्स नेपाल

  • मङ्लबार, माघ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ । ‘युनिक्याम्पस मिस नर्स नेपाल २०७२’को उपाधि मिनुष कायस्थले जितेकी छन् । ४१ सुन्दरीहरुलाई पछि पार्दै उनले उपाधी चुमेकी हुन् । उनले शीर्ष ताजसँगै सृजनशील बाल कल्याण केन्द«को सदभावना दुतसँगै अष्ट्रेलियामा छात्रवृत्तिमा पढ्ने अवसर र विभिन्न गिफ्ट ह्याम्पर पाईन् ।
नर्सिङ पेसामा रमाएका र भविस्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेसा र समाज प्रति थप जिम्मेवार र उत्तरदायी बनाउने उदेश्यले नेक्स्ट मोडल्स नेपालले शनिबार त्रिभुवन आर्मी क्लबमा अबेर साँझ आयोजित कार्यक्रममा सृष्टि राउत र लक्ष्मी रिजाल क्रमशः फष्ट र सेकेण्ड रनर अप घोषित भए । फष्ट र सेकेण्ड रनरअपले पनि अष्ट्रेलियामा छात्रवृत्तिमा पढ्ने अवसर र विभिन्न गिफ्ट ह्याम्पर हात पारे ।
विधागततर्फ दिव्या भण्डारी ‘ब्युटी विथ ब्रेन’, नयुमा राई ‘बेष्ट पर्सनालिटी’, वर्षा कार्की ‘बेष्ट क्याटवक’, सुबी लामा ‘बेष्ट नर्सिङ थिम ड्रेस’, सम्झना श्रेष्ठ ‘मष्ट पपुलर’, स्वेता थापा ‘पब्लिक च्वाईस’, रिया देउला ‘मष्ट डिसिप्लेन’, श्रृष्टि राउत ‘मष्ट ट्यालेन्ट’, सपना घर्ती मगर ‘बेष्ट स्माइल’ घोषित भए ।
त्यस्तै अनुषा राजभण्डारी ‘मष्ट चार्मिङ’, पुजा तामाङ ‘बेष्ट स्किन’, प्रिमा मानन्धर ‘बेष्ट हेयर’, रमा श्रेष्ठ ‘मष्ट फोटोजेनिक’, कृपा श्रेष्ठ ‘सोसियल्ली रेस्पोन्सिबल नर्स’, सुष्मा श्रेष्ठ ‘मष्ट फ्रेण्डली’, स्तुति सिंह राठौर ‘मष्ट बब्ली’ र वर्षा राना ‘मष्ट ब्युटिफुल’ बने ।

मोडल तथा कलाकार प्रशान्त ताम्राकार, वीर अस्पतालका एसोसिएट प्रोफेसर डा. सन्ध्या चापागाई, नोबल अस्पतालका मेडिकल डाइरेक्टर डा. लोचन कार्की, मिस नेपाल २००० उषा खड्गी, कमर्सियल फोटोग्राफर राजभाइ सुवाल, फिल्म निर्माता तथा कलाकार सुनिल रावल निर्णायक रहेको कार्यक्रममा आकृति थापाको ड्रेस डिजाईनमा फिनालेमा प्रस्तुत भएका प्रतियोगीहरुलाई रोजिन शाक्यले कोरियोग्राफी गरेका थिए ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको र आगामी दिनहरुमा अझ वृहत् र परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धता संस्थाकी निर्देशक यतना पाण्डेले व्यक्त गरिन् ।
कार्यक्रममा उठेको आर्थिक हिस्साको केही प्रतिशत सामाजिक उत्तरदायित्व अनुरुप भक्तपुरको गोठाटारमा रहेको सृजनशील बाल कल्याण केन्द«को सहयोगार्थ हस्तान्तरण गरिएको थियो । सो संस्थामा आश्रित बालबालिकाहरुको स्वास्थ्य उपचारमा समेत नेक्स्ट मोडल नेपालले योगदान गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा बी मानव नृत्य समूह र निशा पोमुले नृत्य देखाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी