सभापतिमा फेरि कोइराला हुनुपर्छ : डा रिजाल

सभापतिमा फेरि कोइराला हुनुपर्छ : डा रिजाल

  • मङ्लबार, माघ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

चितवन, ५ माघ ।

नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले ऐतिहासिक महत्वका काम सम्पन्न गर्न सकेकाले आसन्न काँग्रेसको महाधिवेशनले सभापतिमा पुनः सुशील कोइरालालाई निवार्चित गराउने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले ६६ वर्षअघि बिपी कोइरालाले गर्नुभएको जनताको प्रतिनिधिमार्फत संविधान बनाउने सङ्कल्प सुशील कोइरालाले पूरा गरेको बताउनुभयो ।

कतिपय काम सम्पन्न नभएका होलान् काँग्रेसलाई पहिलो ठूलो पार्टी बनाउन कोइराला सफल भएको उहाँकै शालीनताकै कारण दोस्रो संविधानसभाले संविधान बनाउन सकेको डा रिजालले बताउनुभयो ।

उहाँले अहिले सरकार परिवर्तन गर्ने समय नभएको बताउँदै प्रमुख विपक्षी दलको हिसाबले काँग्रेसले सरकारलाई सुझाव र सहयोग गर्ने स्पष्ट गर्नुभयो ।
मधेस र मधेस आन्दोलनका विषयमा हेर्ने दृष्टिकोण एमालेसँग नमिलेकै कारण सरकारमा काँग्रेस नगएको भन्दै उहाँले विषयवस्तुलाई गम्भीर रुपमा लिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

यथाशक्य छिटो नाका खुलाउने विषयमा सरकार लाग्नुपर्ने बताउँदै डा रिजालले अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा दलहरु नभएर सरकार नै बोल्नुपर्छ भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ