मन्त्री थापाद्वारा कार्यालय निरीक्षण

मन्त्री थापाद्वारा कार्यालय निरीक्षण

  • मङ्लबार, माघ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

धुन्चे (रसुवा), ५ माघ ।

भूमिसुधार राज्यमन्त्री विक्रमबहादुर थापाले आज बिहान रसुवा मालपोत कार्यालयको निरीक्षण गर्नुभयो ।

राज्यमन्त्री थापाले भूकम्पपछि मालपोत भवनको जोखिमपूर्ण अवस्थाको निरीक्षण गर्दै सेवाग्राहीलाई दिइएको सेवाका बारेमा जानकारी लिनुभएको थियो ।

उहाँले पुरानो भवन जोखिमपूर्ण रहेको पाइएकाले निर्माणाधीन नयाँ भवनको कार्य छिटो सम्पन्न गराई जनताका जग्गा जमिनका अभिलेख र प्रमाण थप सुरक्षित राख्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

मन्त्रीको स्थलगत निरीक्षण र निर्देशनले कर्मचारीमाझ काम गर्न थप हौसला मिलेको मालपोत कार्यालयका अधिकृत दिनेश राईले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ