मुस्ताङ भ्रमण गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटक

मुस्ताङ भ्रमण गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटक

  • मङ्लबार, माघ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

मुस्ताङ, ५ माघ ।
 
पर्यटकीय जिल्ला मुस्ताङ भ्रमण गर्नेमा भारतीय नागरिक बढिरहेको तथ्याङ्कले देखाएको छ ।
 
हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मुक्तिनाथ, कागबेनी र दामोदरकुण्ड मुस्ताङमै पर्ने भएकाले भारतीय धार्मिक पर्यटकको सङ्ख्या बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
 
“मुक्तिनाथ दर्शन र कागबेनीमा स्नान नै भारतीय पर्यटकको मुख्य चाहना हुन्छ”– आयोजनाका बेल पुनले भन्नुभयो– “अधिकांश भारतीय पर्यटक बेनी–जोमसोम हँुदै आउने गरेका छन् ।”
 
भूकम्प र नाकाबन्दीपछि सबैभन्दा बढी भारतीय पर्यटक नै घटेका छन् । स्न २०१५ मा आठ हजार ४५९ भारतीयले मुस्ताङ भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ ।
 
यद्यपि अघिल्लो वर्ष १८ हजार भारतीय पर्यटक जिल्ला भित्रिएका थिए । भारतीय पर्यटकको बसाइँमा पनि छोटो हुने गरेको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ ।
 
यसरी आउने केही भारतीय पर्यटक दामोदरकुण्ड पुग्ने गरेका छन् । भारी हिमपात हुने र पदमार्ग व्यवस्थित नहुँदा असार, साउन र भदौ महिनामा मात्रै दामोदरकुण्ड जान सकिन्छ ।
 
एक्यापका अनुसार, तेस्रो मुलुकबाट १४ हजार पर्यटक भित्रिएकामा अस्ट्रेलिया, फ्रान्स, जर्मनी, स्वीडेनलगायत मुलुकका बढी छन् । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी