रामपुर (पाल्पा), ५ माघ ।
पूर्वी पाल्पाको गल्धा गाविस–७ मा पहिलो पटक पशुमा लाग्ने एन्थ्रेक्स तथा पड्केनामक महामारीको रोग देखापरेको छ । पड्के अर्थात् एन्थ्रेक्स नामक रोग पशुबाट मानिसमा सर्ने गर्दछ । पशुमा फाट्टफुट्ट देखिने यो रोग यस क्षेत्रमा पहिलो पटक देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका प्रशासक राजेन्द्र घिमिरेले बताउनुभयो ।
लामो समयदेखि गाउँमा पशु मरेको भए पनि रोगको पहिचान हुन नसक्दा आइतबार एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ल्याब टेस्टबाट एन्थे्रेक्स भएको पुष्टी गरेको घिमिरेले बताउनुभयो ।
स्थानीयस्तरमा पशुमा रहेको यो रोग मानिसमा महामारीका रुपमा फैलनसक्ने सम्भावनालाई मध्यनजर गर्दै क्षेत्रीय कार्यालय पोखरा र पाल्पाको विशेष टोली आज खटाइने भएको छ । पशुमा हुने यसको ब्याक्टेरिया कुनै कारणले मानिसको पेटभित्र र टाउकोमा पुग्यो भने मानिसको ज्यानै जाने सम्भावना रहने प्रमुख घिमिरेले बताउनुभयो ।
यसको ब्याक्टेरिया मानिसको भित्री अङ्ग छाटी, पेट, दिमागमा पुग्यो भने निमोनिया गराउने, खकारमा रगत देखापर्ने, बान्ता हुने, ज्वरो आउने लक्षण देखापर्ने स्वास्थ्य विशेषज्ञ बताउँछन् । पशुबाट मानिसमा सर्न नदिन अहिले सर्तकता अपनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline