सल्लाहकार र सहयोगी कानुनविपरीत भन्दै सर्वोच्चमा रिट

सल्लाहकार र सहयोगी कानुनविपरीत भन्दै सर्वोच्चमा रिट

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरुले कानुनविपरीत सल्लाहकार तथा सहयोगी नराख्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा आज एक रिट निवेदन दायर भएको छ ।

अधिवक्ताद्वय कल्पित पराजुली र आनन्द कोइरालाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाइ दायर गरेको रिट निवेदनमा सरकारमा रहेका बेलामा कानुनविपरीत जथाभावी सल्लाहकार, सहयोगी राखेको उल्लेख छ ।

प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीका सल्लाहकार, सहयोगीको योग्यता, काम, कर्तव्य र अधिकार के हुने, उनीहरुले के कस्तो तलब सुविधा पाउनेलगायतका विषयमा स्पष्ट र पर्याप्त कानुनी व्यवस्था नभएकाले राज्यकोषको दुरुपयोग हुनेमात्र नभई सरकारप्रतिको जनविश्वास पनि घट्दै गएको रिट निवेदनमा उल्लेख छ ।

नेपालको संविधान–२०७२ ले प्रस्तावनामा नै कानुनी राज्यको परिकल्पना गर्दै कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद प्रतिबद्ध रही समृद्ध राष्ट्रनिर्माण गर्ने भनी उल्लेख गरिएको छ तर कानुन अभाव भएको मौकामा मनलाग्दी सहयोगी र सल्लाहकारका नाममा राज्यकोषको दुरुपयोग गरिरहेको रिट निवेदनमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ