माधव नारायण व्रतसम्बन्धी फोटो पदर्शनी

माधव नारायण व्रतसम्बन्धी फोटो पदर्शनी

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

भक्तपुर, ४ माघ ।

राजु फोटो फ्रेमको आयोजनामा एकल माधवनारायणको चार दिने फोटो पदर्शनी सोमवारबाट सुरु भएको छ ।

भक्तपुर दरबार स्क्वायरस्थित लामो पाटीमा आयोजना गरिएको पदर्शनीमा ५१ वटा माधपनारायणसम्बन्धी फोटो राखिएको छ ।

भक्तपुरमा हरेक वर्ष स्वस्थानी पूर्णमादेखि एक महिनासम्म मनाइने माधवनारायण मेलामा राजु फोटो फ्रेमका प्रोपाइटर रजन कुस्लेद्धारा खिचीएका फोटो पदर्शनीमा राखिएका छन् ।

पदर्शनी आगामी ७ गतेसम्म चल्ने कुस्लेले जानकारी दिए । नयाँ पुस्तालाई माघवनारायण व्रतका बारेमा जानकारी दिने उद्देश्यले पदर्शनी आयोजना गरिएको उनले बताए ।

विगतमा पनि खःमेय जात्रालगायत विभिन्न सांस्कृतिक तथा धार्मिक विषयसँग सम्बन्धित फोटो पदर्शन गर्दै आएका उनले आगामी १० गतेदेखि एक महिनानसम्म हनुमानघाटमा मनाइने मेलाको अवसर पारेर फोटो पदर्शनी गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ