बन्धक बनाइएका नेपालीको उद्धारमा दूतावासको पहल

बन्धक बनाइएका नेपालीको उद्धारमा दूतावासको पहल

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

साउदी अरब, ४ माघ ।

साउदी अरबस्थित एक कम्पनीमा बन्दी सरह जीवन बिताइरहेका नेपाली कामदारको उद्धारका लागि पहल थालिएको छ ।

रियादमा रहेको नेपाली दूतावासले मोहम्मद अलमोजिल ग्रुप कम्पनी (एमएमजी) मा बन्धक बनाइएका ५० नेपाली कामदारको उद्धार गर्न पहल थालेको हो । ती नेपाली कामदारलाई उद्धार गरी स्वदेश फिर्तीका लागि प्रक्रिया अघि बढाइएको साउदीका लागि कार्यवाहक नेपाली राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिनुभयो ।

पटक–पटक आग्रह गर्दा पनि रोजगारदाता कम्पनीले अटेर गरेपछि पूर्वी क्षेत्रीय डेपुटी गर्भनर डा खालिद मोहम्मद अल बतल र श्रम कार्यालयका महानिर्देशक ओमर बिन साले अलअम्रीसँग भेटवार्ता गरी नेपाली कामदारको उद्धारका लागि पहल गरिएको शर्माले बताउनुभयो ।

पूर्वी क्षेत्रीय डेपुटी गर्भनर र श्रम कार्यालयका महानिर्देशकको निर्देशन पछि रोजगारदाताले नेपाली कामदारलाई स्वदेश फिर्ता पठाउन सहमत भएको हो ।

शर्माका अनुसार २१ नेपालीलाई स्वदेश फिर्तीका लागि भिसा प्रक्रिया अगाडि बढिसकेको छ । जसमध्ये नौ जनाको यही हप्ताभित्रै स्वदेश फर्कने व्यवस्था मिलाइएको र बाँकी १२ को अर्को लटमा व्यवस्था गरिएको दूतावासले जनाएको छ । तीन जना नेपालीलाई भने यसअघि नै उद्धार गरी स्वदेश पठाई सकिएकोे छ । नेपाल फर्कन नचाहेका बाँकी कामदारलाई भने अन्य कम्पनीमा सर्ने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।

रोजगारदाता कम्पनीले यहाँको आवास अनुमतिपत्र (अकमा) नवीकरण नगरिदिँदा ती नेपाली कामदार एक वर्षदेखि बन्दी सरह जीवन बिताउन बाध्य भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी