उदयपुर, ४ माघ ।
बन्द र हड्तालका बेला उदयपुर सिमेन्ट उद्योगले रु ३७ करोड बराबरको सिमेन्ट उत्पादन गरेको छ ।
जिल्लाको जलजलेमा रहेको सो उद्योगले असोजयता पाँच लाख २५ हजार बोरा सिमेन्ट उत्पादन गरेको हो । उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले आंशिक रुपमै सञ्चालन गरेर भए पनि सो परिमाणको सिमेन्ट उत्पादन गर्न सफल भएको बताउनुभयो । उद्योगले तिर्नुपर्ने रु २२ करोड ऋणमध्ये रु १७ करोड चुक्ता गरेको उहाँले बताउनुभयो ।
उदयपुर सिमेन्ट उद्योेगबाट उत्पादित सिमेन्ट प्रतिबोराको मूल्य रु ८३५ रहेको छ । रासस
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline