आन्दोलनकै क्रममा वीरगन्जमा लक्ष्यभन्दा १९ प्रतिशत बढी राजश्व

आन्दोलनकै क्रममा वीरगन्जमा लक्ष्यभन्दा १९ प्रतिशत बढी राजश्व

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

वीरगन्ज, ४ माघ ।
वीरगन्जको सुख्खा बन्दरगाह भन्सारले गत पुस महिनामा लक्ष्यभन्दा १९ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।

मधेस आन्दोलनका कारण मुलुकका प्रमुख भन्सार कार्यालयहरुमा राजश्व संकलन कम भइरहे पनि वीरगन्जस्थित सुख्खा बन्दरगाहमा आयात बढेपछि राजश्व संकलनमा वृद्धि भएको हो ।

सुख्खा बन्दरगाहमा तेस्रो मुलुक तथा भारतबाट विभिन्न सामान बोकेर आउने मालवाहक रेलको संख्या बढेकाले भन्सार असुलीमा बढोत्तरी भएको हो ।

वीरगन्ज भन्सार नाकाबाट हुने ब्यापारसमेतको आयात निर्यात सुक्खा बन्दरगाह भएर हुन थालेपछि पुस महिनामा १ अर्ब ७० करोड १५ लाख १३ हजार भन्सार उठाएको हो ।
यो लक्ष्यभन्दा १९ प्रतिशतले बढी हो । मंसिर महिनामा भने यो भन्सार कार्यालयबाट लक्ष्यको ८५ प्रतिशत मात्रै राजश्व संकलन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी