नाट्टाको अध्यक्षमा आचार्य निर्वाचित

नाट्टाको अध्यक्षमा आचार्य निर्वाचित

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौँ, ४ माघ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्षमा मधुसूदन आचार्य निर्वाचित हुनुभएको छ ।

संस्थाको ५२औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि हिजो भएको निर्वाचनबाट आचार्य समूह प्यानलसहित निर्वाचित भएको हो ।

आचार्यले निकटतम दुई प्रतिस्पर्धी मिहिका धाख्वा र शम्भू पाठकलाई पछि पार्दै १९१ मतले विजयी हुनुभएको हो । धाख्वाले १६४ र पाठकले ५७ मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचन अधिकृत देवीप्रसाद भट्टराईका अनुसार नाट्टामा ४५४ मतदाता रहेकामा ४३२ मत खसेको थियो ।
प्रथम उपाध्यक्षमा सिएन पाण्डे, द्वितीय उपाध्यक्षमा डिके शर्मा, महासचिवमा भीमप्रसाद पन्त, सचिवमा सुधीर उपाध्याय, कोषाध्यक्षमा चित्र गुरुङ, सहकोषाध्यक्षमा सविता केसी भट्टराई विजयी हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा युवराज सुवेदी, लक्ष्मण लम्साल, रामकुमार बाराकोटी, घनश्याम घिमिरे, विनय बस्नेत, हरिभक्त श्रेष्ठ, बरुण मेहता र शीतलकुमारी शर्मा पौडेल निर्वाचित हुनुभएको छ ।

नाट्टाका नवनिर्वाचित अध्यक्ष आचार्यले रासससँग कुरा गर्दै संस्थागत सुदृढीकरणका साथै परिणाममुखी काम गर्ने बताउनुभयो ।
उहाँले ट्राभल मार्टलाई सार्कस्तरीय बनाई बढी विदेशी पर्यटक भित्र्याउन योजनाबद्ध ढङ्गले लाग्ने उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी