निजगढ विमानस्थल निर्माण तत्काल अघि बढाउ :संसदीय समिती

निजगढ विमानस्थल निर्माण तत्काल अघि बढाउ :संसदीय समिती

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमााण्डौ, ३ माघ ।

व्यवस्थापिका–संसदको अन्तर्रा्ष्ट्रिय श्रम सम्बन्ध समितिले निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले विमानस्थल निर्माणका लागि चार किल्ला निर्धारण भइसकेको अवस्थामा जग्गा अधिग्रहण प्रक्रिया तत्काल सुरु गर्न, बस्ती व्यवस्थापन र निर्माणस्थल तयार पार्नेलगायत सबै काम युद्धस्तरमा अगाडि बढाउन निर्देशन दिएको हो ।

सरकारले दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थलको रुपमा निजगढलाई अगाडि सारेको थियो । सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ । मुलुकको एकमात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल ज्यादै व्यस्त हुनुका साथै ठूला विमान अवतरणमासमेत कठिनाइ भइरहेको अवस्थामा सबै किसिमका विमान उडान र अवतरण हुनसक्ने अत्याधुनिक विमानस्थलको रुपमा निजगढलाई प्रस्ताव गरिएको हो ।

विमानस्थल निर्माण भएको खण्डमा मुलुकको पर्यटकीय गतिविधि अभिवृद्धि हुनुका साथै राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत महत्वपूर्ण योगदान दिन सक्नेछ । सो आयोजना अगाडि बढाउनका लागि सरकारले आव २०७१÷७२ देखि मात्रै बजेट विनियोजन गर्न सुरु गरेको हो । तर कुन प्रक्रियाका आधारमा विमानस्थल निर्माण गर्ने भन्ने सन्दर्भमा भने हालसम्म ठोस निर्णय हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ