धरान ,३ माघ ।
दिशाहिन युवा पिढिलाई सकारात्मक आध्यात्मिक आनन्दको मार्गमा आकृष्ट गराउनु र विश्व शान्तिको सन्देश दिने उदेश्यले धरानमा हरिनाम रक कन्सर्ट सम्पन्न भएको छ ।
नेपाल अन्तर्रा्ष्ट्रिय कृष्ण भावनामृत संघ अन्र्तगत धरान—१६ स्थित रहेको श्री श्री राधाकृष्ण मन्दिरले हरिनाम रक कन्सर्टको सम्पन्न गरेकये हो ।
हिजो साझ धरानको भानुचौकमा एक भब्य समारोहका साथ रक कन्र्सट सम्पन्न गरेको आयोजक स्कोन मंन्दिरका अध्यक्ष हर्कराज केरूङ्ग (हरि गोविन्द दास) ले जनाएको दिनुभयो ।
आधुनिक युवा पिढिलाई भगवानको नामको नौलो तथा दिव्य आनन्दको आस्वादन गराउँदै आध्यात्मिक चेतना जागृति गर्न सफल विश्वभरि धेरै राष्ट्रहरूमा हरे कृष्ण रक कन्सर्ट गरिसकेको रसिया तथा युक्रेनका इस्कोन आन्नदा ब्याण्ड का कृष्ण भक्तहरु सेभेन्को सेरही (नन्द बिहारी दास) तथा साफोनोभ मक्सस्याम (महा मंगल दास) ले नेपालमा नै पहिलो पटक सागितिक र्कितन प्रस्तुति गर्नुभएको थियो ।
साथै स्थानीय इस्कोनका कृष्ण भक्तहरूद्वारा विविध नृत्य, नाटक लगायतका सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो ।