काँग्रेस नेता वीरेन्द्रको निधन

काँग्रेस नेता वीरेन्द्रको निधन

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, ३ माघ ।

मृगौला रोगको कारण नेपाली काँग्रेसका नेता वीरेन्द्र दाहालको  ६७ वर्षको उमेरमा निधन भएको छ ।

पार्टीमा सधैँ पद बाहिर रहेर निरन्तर सक्रिय रहनुभएका नेता दाहालको त्रिभुवन शिक्षण अस्पतालमा मृगौला रोगको उपचारका क्रममा निधन भएको परिवारजनले जानकारी दिएको छ ।

काँग्रेसका सभापति सुशील कोइरालालगायत काँग्रेस नेता कार्यकर्ताले शिक्षण अस्पताल पुगी स्वर्गीय नेता दाहालको पार्थिव शरिरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

विसं. २००५ मा तेह्थुममा जन्मनुभएका नेता दाहालपरिवार प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण २०१८ सालमा तत्कालीन सरकारले सर्वस्वहरण गरेपछि परिवारसहित भारत प्रवासमा जानुभएको थियो ।

भारत प्रवासमा रहदा काँग्रेस नेता विपी कोइराला, गिरिजाप्रसाद कोइरालालगायतसँग भेट भएपछि त्यसयता निरन्तर कोइराला परिवारको निकट सहयोगीका रुपमा दाहालले काम गर्नुभएको उहाँका भाई पिताम्बर दाहालले बताउनुभयो ।

काँग्रेसका नेता स्व. गिरिजाप्रसाद कोइरालासँगै नेपाल फर्कनुभएका स्व दाहाल त्यसयता कोइरालाको निकट सहयोगीका रुपमा रहेर राजनीतिमा सक्रिय रहनुभयो ।

दाहाल अविवाहित हुनुहुन्थ्यो, उहाँका पाँच दाजुभाई र तीन दिदिबहिनी छन् । स्व दाहालको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारजनले जानकारी गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ