पाँच सय इञ्जिनियरलाई गाउँ पठाउँने तयारी

पाँच सय इञ्जिनियरलाई गाउँ पठाउँने तयारी

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, ३ माघ ।

पुनर्निर्माण प्राधिकरणले पहिलो चरणमा पाँच सय इञ्जिनियरलाई गाउँ पठाउँउने तयारी गरेको छ । १० दिनभित्र पाँच सय जना इञ्जिनियर गाउँ पुगिसक्ने प्राधिकरणले जनाएको छ ।

यस्तै एक महिनाभित्र एक हजार पाँच सय इञ्जिनियरलाई गाउँ पठाइसक्ने प्राधिकरणको तयारी छ । हिजोबाट पुनर्निर्माण महाअभियान सुरु गरेको प्राधिकरणले तीन चरणको पुनर्निर्माण कार्ययोजना बनाएको छ ।

भूकम्पले क्षतिग्रस्त भएका बस्तीमा जोखिमको आवश्यक मूल्यांकन गरी पुनर्निर्माण थाल्ने योजना अनुरुप प्राधिकरणले फागुन १२ गतेसम्म पहिलो चरणमा जिल्ला समन्वय समितिको गठन, आवश्यक जनशक्तिको परिचालन, कार्यालय व्यवस्थापन तथा बजेट व्यवस्था गर्ने योजना तयार पारेको छ ।

यस्तै चैत १२ गतेसम्म दोस्रो चरणमा प्राधिकरणका सात वटै उपक्षेत्रीय कार्यालयको स्थापना, पुनर्निर्माण सम्बन्धी नीति, नियमावली तथा कार्य्विधि बनाउने र जिल्लामा सम्बद्ध सरकारी कार्यालयमा पुनर्निर्माण इकाई स्थापना गरिने जनाएको छ ।

वैशाख १२ गतेसम्म तेस्रो चरणमा कम्तीमा पाँच जिल्लामा नमुना आवास निर्माण सुरु गरिने प्राधिकरणले जनाएको छ । तर घर बनाउने पर्खाइमा बसेका भूकम्प पीडितले भने वर्षा अघि नै घर निर्माण सक्ने वातावरण बनाइदिन माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ