डोलेश्वर मन्दिर पुर्ननिर्माणका लागि १ करोड बजेट विनियोजन

डोलेश्वर मन्दिर पुर्ननिर्माणका लागि १ करोड बजेट विनियोजन

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

भक्तपुर, २ माघ ।

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको गुरुयोजना निर्माणका लागि नागरिक तथा पर्यटन मन्त्रालयले १ करोड बजेट छुट्याएको छ । कृष्णगोपाल श्रेष्ठका सपरिवारले मूलमन्दिर पुनर्निर्माणका लागि पाँच करोड एक सय एघार रुपैयाँ प्रदान गरिएकोमा पहिलो किस्ता स्वरुप १ करोड ५० लाख एक सय एघार रुपैयाँ प्रदान गरिसकेका छन् ।

मन्दिर पुनर्निर्माणको सम्पूर्ण लगानी ब्यहोर्ने गरी श्रेष्ठले सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिको सातौ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै मन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल सरकारले मन्दिरको गुरुयोजना पूरा गर्न उक्त बजेट विनियोजन गरिएको बताउनु भएको छ । मन्त्री पोखरेलले भारतीय पर्यटक डोलेश्वर भित्र्याउनको लागि सक्दो पहल गर्नुपर्नेमा जोड दिदै पर्यटन प्रवद्र्धनको लागि डोलेश्वर महत्वपूर्ण स्थान हुने बताउनु भयो । मन्त्री पोखरेलले देशको पर्यटन प्रवद्र्धनमा आफूले विभिन्न योजना सारेर अगाडि बढेको बताउँदै सिंगो भारतीयलाई नेपालमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिनु भयो ।

यदी हिन्दु धर्मालम्वली पर्यटकहरु चाँगुनारायण, डोलेश्वर वा अनन्तलिंगेश्वर नपुगेसम्म पर्यटकको नेपाल भ्रमण पूरा नहुने भन्दै धार्मिक पर्यटनको विस्तारका लागि सरकारले योजना अगाडि बढाइरहेको बताउनु भयो । पुर्व उद्योगमन्त्री महेश बस्नेतले डोलेश्वर गुरुयोजना पूरा गर्न सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिर्दै धेरै तीर्थ स्थल जिल्लामा रहेको अवस्थामा धार्मिक पर्यटकलाई विकास गराउन लागि मन्त्रालयस्तरबाट छलफल भइरहेको जानकारी दिए । डोलेश्वर, अनन्तलिंगेश्वर मन्दिरलाई धार्मिक पर्यटकको केन्द्र बनाउन सबै लाग्नुपर्नेमा जोड दिदै उनले सरकारले अनन्तलिंगेश्वर र डोलेश्वर मन्दिर पुननिर्माणका लागि १÷१ करोड बजेट विनियोजन गरेकोमा खुसी ब्यक्त गरे ।

उनले मन्दिरको आकषर््ाण पछिल्लो समय बढ्दै गएको बताउँदै भक्तपुरको विकासको लागि सबै क्षेत्रबाट आफूले सक्दो पहल गरिरहेको बताए । सांसद केदार सञ्जेलले गुरुयोजना चाँडै कार्यान्वयन गरी डोलेश्वरलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिए । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रममा संरक्षक भरत जंगम, समाजसेवी कृष्णलाल भडेल, पदम्बहादुर पौडेल, सूर्यविनायक सामुदायिक वन उपभोक्ता समूहकी सचिव अञ्जना नेपाली बोलेका थिए ।

समितिका कोषाध्यक्ष विश्वराम थापाका अनुसार मन्दिर पुर्ननिर्माणका लागि धेरै दाताहरुले इच्छा ब्यक्त गरिरहेको छन् । गत आर्थिक वर्षसम्म करिब भक्तजनहरुबाट मात्र ९८ लाख २२ हजार रुपैयाँ संकलन भएको थापाले जानकारी दिए । मन्दिरको लागि गुरुयोजना निर्माणका लागि ५५ करोड लाग्ने अनुमान गरिएको छ । त्यस्तै, भूकम्पले भत्किएको मन्दिर पुर्ननिर्माणका लागि ५ करोड लाग्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी