तनहुँ, ३ माघ ।
शनिबार राति व्यासनगरपालिका वडा नं २ स्थित मालपोत लाइनमा युवाबीच भएको झडपमा परी एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
उक्त घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले ३७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । मृत्यु हुनेमा व्यासनगरपालिका – २ निवासी दिनेश थापा रहेको जिप्रका तनहुँका प्रहरीनायब उपरीक्षक राकेश सिंहले जानकारी दिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा साँझ ९ बजे दमौली अस्पतालमा मृत्यु भएको हो ।
उक्त घटनामा परी व्यासनगरपालिका – १० निवासी १७ वर्षीय रेगन थापा र१६ वर्षीय अरुण आले घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । रासस
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline