अटो रिक्साको उपयोग बढ्दो

अटो रिक्साको उपयोग बढ्दो

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

रौतहट, ३ माघ ।

चन्द्रपुर नगरपालिकामा अटो रिक्सा थपिने क्रम बढ्दै गएको छ ।

अटो रिक्सा सञ्चालन हुन थालेपछि लामो समयदेखि चल्दै आएका रिक्सा विस्थापन भएका छन् । । इन्धनको अभावमा हुने समस्यालाई कम गर्न तथा हरित पर्यावरण कायम राख्न अटो रिक्सा उपयोगी देखिएको नगरवासीले बताएका छन् ।

अहिले चन्द्रपुर नगरपालिकामा ९० भन्दा बढी अटो रिक्सा सञ्चालनमा छन् । अटो रिक्सा चालकको भनाइ अनुसार तीन वाट विद्युत् खर्चमा अटो रिक्साको ब्याट्री चार्ज हुन्छ ।

ब्याट्री चार्ज भएपछि करिब ८० किमीसम्म अटो रिक्सा चलाउन सकिन्छ ।
अटो रिक्साको प्रयोग बढ्न थालेपछि लामो समयदेखि रिक्सा चलाउँदै आएकाहरु पनि यही साधनतर्फ आकर्षित भएका छन् ।

पेट्रोलियम पद्धार्थको अभाव तथा गौर–चन्द्रनिगाहपुर सहायक राजमार्गमा बन्दका कारण सवारी साधन नचल्दा सामान ढुवानी तथा यात्रु ओसारपसार गर्न यही साधनको प्रयोग गर्ने क्रम बढेको अटो रिक्सा चालक रामनाथ महतोले बताउनुभयो ।

उहाँका अनुसार सरकारले कानुनी अड्चन हटाएर अटो रिक्सा सञ्चालनलाई सहज बनाएमा व्यवसायी पनि लाभान्वित हुने थिए । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ