पहिलो पटक भवन निर्माण मापदण्ड लागू

पहिलो पटक भवन निर्माण मापदण्ड लागू

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

बैतडी, ३ माघ ।

बैतडीको पाटन नगरपालिकाले पहिलो पटक चालु आवदेखि भवन निर्माण मापदण्ड तथा भवन निर्माण अनुमति तथा नक्सापाससम्बन्धी कार्यविधि, २०७२ लागू गरेको छ ।

दोस्रो नगरपरिषद्बाट कार्यविधि पारित गरी लागू गरिएको नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडले जानकारी दिनुभयो ।

कार्यविधि लागू भएसँगै अब पाटन नगरपालिकाभित्र घर बनाउँदा अनिवार्य रुपमा नक्सा पास गर्नुपर्ने, भूकम्प प्रतिरोधी घर बनाउनुपर्ने र नगरपालिकाको अनुमति लिएर मात्र घर बनाउन पाइनेछ । उहाँले भन्नुभयो – “नगरपालिकाको नियमानुसार नबनेका घर पास हुँदैनन् ।”
नगरपालिकाको अनुमति लिएर घर बनाएमा बीच बीचमा नगरपालिकाबाट प्राविधिक अनुगमन हुने समेत उहाँले बताउनुभयो । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ