AIIB को सञ्चालक समिति सदस्य भयो नेपाल

AIIB को सञ्चालक समिति सदस्य भयो नेपाल

  • शनिबार, माघ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ, २ माघ ।

एसियाली पूर्वाधार विकास बैंक ब्क्ष्क्ष्द्य को सञ्चालक समितिको सदस्यमा नेपाल छनौट भएको छ ।

चीनको बेइजिङमा जारी सो बैंकको सम्मेलनले सञ्चालक समितिमा नेपाल सहित एसियाबाट ९ र गैह्र क्षेत्रीय देशबाट २ वटा मुलुक छानेको हो ।

जसमा एसियाबाट नेपाल सहित चीन, युएई, इन्डोनेसिया, अष्ट्रेलिया, रसिया, भारत, दक्षिण कोरिया र टर्की तथा एसिया बाहिरबाट बेलायत र जर्मनी बैंकको सदस्य बनेका हुन् ।

सम्मेलनमा सहभागी ५७ देशका मन्त्री तथा प्रतिनिधिले संयुक्त रुपमा स्विच अन गरी बैंकको उद्घाटन गरेका थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णु पौडेलले एसियाली पूर्वाधार विकास बैंंकमार्फत भौतिक आवश्यकता पूरा गर्दै सामाजिक, आर्थिक विकासका निम्ति नेपाल सक्रिय रुपमा सहभागी हुने बताउनुभयो ।

बैंकको गतिविधिमा नेपाल सघन ढंगले सहभागी हुने उल्लेख गर्दै मन्त्री पौडेलले बैंकको स्थापनाले एसियाको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आज शुरु भएको सम्मेलन पर्सि सोमबारसम्म हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी