इटहरी उपमहानगरको बजेट सत्ताइस करोड

इटहरी उपमहानगरको बजेट सत्ताइस करोड

  • बिहिबार, पुस ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

इटहरी, ३० पुस ।

इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७३÷७४ का लागि रु २६ करोड ९४ लाख ७८ हजार ६६० को बजेट प्रस्ताव गरेको छ । 

उपमहानगरका कार्यकारी अधिकृत महेशराज तिम्सिनाका अनुसार यो बजेट अघिल्लो वर्षको तुलनामा रु चार करोडले कमी हो ।

बजेट सार्वजनिक समारोहलाई सम्बोधन गर्दै भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले जतिसक्दो चाँडो स्थानीय निकायको निर्वाचन गर्ने वातावरण बन्यो त्यही गतिमा विकासका कार्य जनतासम्म पुग्ने बताउनुभयो ।

सो अवसरमा सांसद रेवतीरमण भण्डारी, अनिता परियार कल्पना चौधरीलगायतले इटहरी उपमहानगरपालिकाको आवश्यकता धेरै रहेको तथा यो पूर्वी नेपालकै आवागमन, वाणिज्यलगायत क्षेत्रका दृष्टिकोणले केन्द्रबिन्दुका रुपमा रहेकाले यहाँ कम्तीमा पनि ५० शय्याको अस्पताल हुनु जरुरी रहेको औँल्याउनुभयो ।

कार्यक्रममा उत्कृष्ट करदाताका रुपमा रिजाल टाँसी इण्डष्ट्रिजलाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट कर्मचारी घोषणा गर्दै विजय कार्कीलाई रु १० हजारसहित सम्मान गरिएको थियो भने दीर्घ सेवी भन्दै सेवा निवृत कर्मचारी रामनारायण चौधरीलाई सम्मान गरिएको थियो ।

त्यस्तै, यो वर्ष उपमहानगरपालिका क्षेत्रमा उत्कृष्ट विकास निर्माणको काम गरेको कदर स्वरुप इटहरी–४ मा रहेको प्रगतिमार्ग टोल विकास उपभोक्ता समिति र त्यसका अध्यक्ष श्रीप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी