काठमाण्डौ ,३० पुस ।
पर्यटन क्षेत्रको विकासका लागि राजनितिक अस्थिरता मुख्य चुनौति नेको सरोकारवालाहरुले जोड दिएका छन् । पीपीको अवधारण र नीतिलाई राज्यले व्यवसायिक बनाउन नसक्दा नेपालको पर्यटन क्षेत्रले फड्को मार्न नसकेको भन्दै पब्लिक पार्टनशीपको नीति आवश्यक रहेकोमा उनीहरुले जोड दिएका छन् ।
बोस्टर मिडियाले पर्यटकीय क्षेत्र ठमेलको हिमालयन पिज्जा क्याफेमा पर्यटन क्षेत्रको समस्या, समाधान र अवसर विषयमा आयोजना गरेको कार्यक्रममा सहभागी पर्यटन क्षेत्रकामा सरोकारवालाहरुले नेपालको राजनीतिक अस्थीरताले पर्यटन क्षेत्रको घाँटी अठ्याउने काम मात्र गरेकोले गति दिन नसकेको बताए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले विकासका लागि स्वच्छ राजनीतिक हुनुपर्ने भएता पनि नेपालमा राजनीतिको ट्रेण्ड गलत रुपमा बस्दै आएकोले सबै संयन्त्र त्यसको शिकार बनेको बताउनु भयो ।
लडाई, झगडा, सत्ता र शक्तिका लागि नभएर विकासका लागि राजनीति गर्नुपर्ने उहाले बताउनु भयो । त्यसका लागी पर्यटन क्षेत्रको विकास लागि बोर्ड र आफू एकलले केही गर्न नसक्ने बताउदै पर्यटन व्यवसायी र मिडियाको सहयोग साथ आवश्यक रहेको जोशीले औल्याउनु भयो ।
उहाले पर्यटन क्षेत्रको नीतिलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धताका साथ पर्यटन व्यवसाय क्षेत्रमा देखिएका समस्या नीतिगत रुपबाट सम्बोधन गर्न तयार रहेको र पर्यटन प्रवद्र्धनलाई सबैको सहकार्य र सहयोगमा मात्र आफू अगाडी बढ्ने उद्घोष समेत गर्नुभयो ।
नेपाल पर्यटन बोर्ड सञ्चालक सदस्य राजेन्द्र प्रसाद सापकोटाले व्यवसायीको सहकार्यमा पर्यटन प्रवद्र्धनको नीतिलाई नेपाल पर्यटन बोर्डले कार्यान्वयन गर्ने बताउनु भयो ।
उहाले भन्नुभयो , पर्यटन बोर्डले सक्षम नेतृत्व पाएको छ र पर्यटन व्यवसायीहरु उत्साहित छन् यो क्षेत्रमा लगानी बढाउन । यस कुरालाई बोर्डले मनन गर्दै लगानीको अवसर बढाउने, बाह्य पर्यटनसँगै आन्तरिक पर्यटन बढवाको नीतिलाई कार्यान्वयन गर्ने, पर्यटन व्यवसायीहरुसँग हातेमालो गर्दै पर्यटन व्यवसायिक संघ संस्थासग सहकार्य र सोसल मिडियामार्फत पर्यटन प्रबद्र्धनलाई अगाडी बढाउनेछौ ।
ठमेल पर्यटन विकास परिषदका अध्यक्ष रामशरण थपलियाले आन्तरिक पर्यटनलाई प्रबद्र्धनसँगै ठमेललाई विशुद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।
उहाले भन्नुभयो , पर्यटन विकासको वाधक राजनीतिक अस्थीरता र जारी संबिधानले दिन नसकेको शान्ति सुव्यवस्था भएकोमा कोही अनभिज्ञ छैनन् । यति भन्दै हामी आरोप र विवाद मात्रै गर्ने प्रवृत्तिलाई नै अँगाल्न थाले कहाँ बाट हुन्छ विकास । त्यसैले विकासका मोडल र योजना बनाउने निकायमा निस्कलंक राजनीतिक चरित्रभन्दा बाहिरका बुद्धिजीवि वर्गलाई जिम्मेवारी दिनु आवश्यक छ । ््
टान अध्यक्ष चन्द्र रिजालले पर्यटन क्षेत्रमा लगानी र खर्च गर्ने अभ्यासको सुरुवात आफैबाट गर्न जरुरी रहेको धारणा राख्नु भयो ।
विकासको सम्भावना बोकेका हजारौ पर्यटकीय स्थल, सास्कृतिक सम्पदा, ऐतिहासिकताले नीजि स्तरको लगानी पर्यटन व्यवसायमा बढ्ने संकेत देखिएको उहाले बताउनु भयो ।
उहाले भुकम्प र वर्तमान असहज राजनीतिक अस्थीरताले नेपालको पर्यटनक्षेत्र धरासायी बन्यो भन्नु भन्दा समस्या समाधान र पर्यटनको सम्भाव्यता विश्वस्तरसम्म पुर्याउन सजिलो बनाउनेछ भन्नेतर्फ मानसिकता जनुपपर्नेमा जोड दिनुभयो ।
उहाले भन्नुभयो , पर्यटनको गफ हाँकिरहदा हामी आफैले पर्यटनको उपयोग गर्न चुकेका छौ, प्राकृतिक सम्पदा, साँस्कृतिक विविधता, ऐतिहासिक पर्यटन स्थल मात्र भनेर हामी भनिरहेका छौ तर यसको हामी आफैले उपयोग गर्न सकेका छैनौं ।
नीट नेपाल अध्यक्ष दीपक महतले पब्लिक पार्टनरशीपको अवधारणा पर्यटन क्षेत्रमा लागू हुनुपनेमा जोड दिन्ुभयो ।
उहाले विकासको सफल मोडेल नै पब्ल्कि पार्टनरसीप भएकाले पर्यटन विकसका लागि पीपीको अवधारणालाई अब लागू गर्न ढिलाइ गर्नु नहुने बताउदै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।