नेपाल प्रहरी क्लबलाई टेलिकमबाट २२ लाख

नेपाल प्रहरी क्लबलाई टेलिकमबाट २२ लाख

  • बुधबार, पुस २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, २९ पुस । नेपाल टेलिकमले नेपाल प्रहरी क्लबको पुरुष तथा महिला फुटबल टोलीलाई एक वर्षका लागि रु २२ लाख प्रायोजन गरेको छ ।

टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले र नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक तथा केन्द्रीय खेलकुद समितिका अध्यक्ष उपेन्द्रकान्त अर्यालले आज यससम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

टेलिकमले यही पुस १५ गतेदेखि लागू हुनेगरी पुरुष फुटबल टिमलाई रु १६ लाख र महिला फुटलब टिमका लागि रु छ लाख गरी २२ लाखको प्रायोजन गरेको हो ।

सम्झौताअनुसार नेपाल प्रहरीका महिला तथा पुरुष फुटबल खेलाडीले एक वर्षसम्म टेलिकमका लोगो तथा नाम अङ्कित जर्सी लगाएर खेल खेल्नु पर्नेछ ।

कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक आचार्यले उक्त प्रायोजन व्यवसाय प्रवद्र्धनको उद्देश्यले नभै फुटबल खेलको विकास र विस्तारका लागि गरिएको बताउनुभयो ।

त्यस्तै प्रहरी महानिरीक्षक अर्यालले यस प्रायोजनले फुटबल खेलमा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक आचार्यले पुरुष फुटबल टिमका कप्तान जुमानु राई र महिला फुटबल टिमकी कप्तान चन्द्रा भण्डारीलाई खेल सामग्री प्रदान गर्नुभएको थियो ।

टेलिकमले पुरुष फुटबल टिमलाई विसं २०६८ र महिला फुटबल टिमलाई विसं २०७० देखि निरन्तर प्रायोजन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी