काठमाण्डौ,२८ पौष ।
भारतको रक्सौलमा रोकिएका ग्यास बुलेट रि रुट गरी नेपाल भित्रिन सुरु भएको छ । भैरहवाबाट गयराती रि रुट गरिएका २५ बुलेट ग्यास नेपाल आएको नेपाल आयल निगमले जनाएको छ।
वीरगञ्जमा जारी नाकाबन्दीका कारण रक्सौलमा रोकिएका २ सय ५६ मध्ये ८८ वटा बुलेटलाई रि रुट गर्न भारतले अनुमति दिएको हो । निगमका प्रबक्ता मुकुन्द घिमिरेका अनुसार रक्सौलमा रोकिएका सबै बुलेट रिरुट गरेर ल्याउन पहल भइरहेको छ ।
नेपालमा झण्डै ४ सय ५० वटा भारतीय बुलेटले ग्यास ल्याउने गरेका छन् । भारतीय सुनौली, जोगबनी र रुपैडिहा भन्सारले पछिल्ला दिनमा इन्धनका गाडीलाई सहज रुपमा प्रवेश गर्न दिएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline