स्वास्थ्य मन्त्री चौधरीबाट सम्पत्ति विवरण सार्वजनिक

स्वास्थ्य मन्त्री चौधरीबाट सम्पत्ति विवरण सार्वजनिक

  • सोमवार, पुस २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ,२७ पुस ।

स्वास्थ्य मन्त्री रामजनम चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्नुभएको आफ्नो सम्पत्ति विवरणमा मन्त्री चौधरीको कैलाली जिल्लाको जोशीपुर गाविस–४ मा पुख्र्यौली घर रहेको उल्लेख गर्नुभएको छ । यस्तै, उहाँको नाममा जोशीपुर– ४ मा पुख्र्यौली खेत रहेको छ भने काठमाडौँको धर्मस्थलीमा चार आना जग्गा रहेको छ । सम्पत्ति विवरणमा १० तोला सुन र २० तोला चाँदी रहेको पनि उल्लेख छ ।

यस्तै, मन्त्री चौधरीको एभरेस्ट बैंकलगायतका बैंकहरुमा करिब रु एकलाख ४० हजार नगद मौज्दात रहेको छ । उहाँले विभिन्न बैंकबाट रु १५ लाख ऋण लिनुभएको छ । छोरा मुकेश चौधरीको नाममा टाटा सुमो गोल्ड गाडी र एउटा मोटरसाइकल रहेको पनि उहाँवले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी