साढे चार करोडको बजेट प्रस्ताव

साढे चार करोडको बजेट प्रस्ताव

  • सोमवार, पुस २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

म्याग्दी, २७ पुस ।

बेनी नगरपालिकाले आगामी आव २०७३७४ मा सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमका लागि रु चार करोड ६३ लाख ४७ हजार बजेट प्रस्ताव गरेको छ ।

बेनी नगरपालिकाको तेस्रो नगर परिषद्मा पूँजीगततर्फ रु तीन करोड एक लाख तीन हजार र चालुतर्फ रु एक करोड ६२ लाख ४४ हजार बराबरको बजेट प्रस्ताव गरिएको छ ।

पूँजीगततर्फ सरकारको केन्द्रीय निःशर्त अनुदान रु एक करोड ७१ लाख ६० हजार, आन्तरिक स्रोतबाट रु तीस लाख, स्थानीय विकास शुल्क कोषको रु ८७ लाख ४३ हजार र सडक बोर्ड नेपालबाट रु १२ लाख बजेट प्राप्त हुने अनुमान गरिएको नगरपालिकाका कार्यकारी अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै चालुतर्फ सरकारको अनुदान रु ५० लाख, आन्तरिक स्रोतबाट रु ९० लाख र स्थानीय शासन सामुदायिक विकास कार्यक्रमतर्फ रु २२ लाख ४४ हजार खर्च हुने अनुमान गरिएको छ ।

नगरपालिकाले आगामी आवमा फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल साइट निर्माण गर्ने, सडक गुरुयोजना तयार गर्ने, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, आमसञ्चार, सडक, खानेपानी, पर्यटन प्रर्वद्धनलगायतका योजनालाई प्राथमिकता दिइएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी