२७ पौष, ताप्लेजुङ/ ताप्लेजुङको लिङ्खिम गाविस वडा नं. २, स्थित तावाको तालखर्क सामुदायिक बनमा रानी चाँप प्रजातीको काठ तस्करीमा संलग्न व्यक्ति उपरको अदालती प्रकृया नापीको आधारविन्दु पत्ता लगाउने उपकरणको अभाबका कारण झण्डै एक महिना लम्बिने देखिएको छ ।
गत पौष २४ गते जिल्ला अदालतबाट सो क्षेत्रको नापीको लागि खटिएका कर्मचारीहरू तलखर्कको घटना स्थलमा पुगे पनि कुनै नापजाँचको लागि आधार विन्दु पत्ता लगाउन नसकेको, प्रतिबादी, स्थानीयको असहयोग, नापीको बेला आधारबिन्दु राखेको प्रत्यक्ष देख्ने प्रतिबादी वा काठ तस्कार शेरबहादुर पतांवाले पनि आधारबिन्दु आफुलाई थाहा नभएको बताएपछि अदालतको टोलीले पौष २५ गते आधार बिन्दु पत्ता लगाउने उपकरण ल्याए पछि मात्र नाप्ने मुचुल्का उठाएर रित्तो हात फर्केको छ ।
गत पौष २४ गते बिहान काठ तस्कारहरूले सो रानी चाँपको काठ सामुदायिक बन नभएर आफ्नो स्वामित्वमा रहेको व्यक्तिगत बन भएको जिकिर गरेको कारण जिल्ला अदालत ताप्लेजुङबाट खटिएका नापी टोली घटना स्थल नापजाँचको लागि पुगेको थियो ।
२०६८ सालमा सरकारलाई रोयल्टी बुझाएर सो क्षेत्रमा आफ्नो स्वामित्वको जग्गा छ भनी काठ कटाईको अनुमति शेरबहादुर पतांवा समेतको समुहले लिएका थिए । तर नीजि बनको काठ काट्ने अनुमति पाए पनि सबै काठ सामुदायिक बन तालखर्कमा रहेका रानी चाँप नामक काठ फडानी गरी निरन्तर रुपमा काठ तस्करीहरूले तस्कर गरेका थिए । त्यतिखेर सर्बसाधारणबाट मौखिक र लिखित उजुरी आए पनि जिल्ला बन कार्यालय ताप्लेजुङका कर्मचारी रेग्मी थरका कर्मचारी र अन्य कर्मचारीको कार्यालय प्रमुृख नभएको सूचना कार्यालय हाताबाट नै जर्बजस्त प्रबाहको कारण जिल्ला बन कार्यालय ताप्लेजुङ पनि मौन बसिरहेको उजुरीवाला (प्रतिवादी बनाईएका) तालखर्क सामुदायिक बनका सचिब नारद पतांवा लिम्बूले जानकारी दिए ।
पूर्वाञ्चलकै ठूलो बन मुद्धाको रुपमा लिइएको तालखर्क सामुदायिक बन मुद्धा गत २०७१ साल कार्तिक १९ गते जाहेरी परेको थियोे । ०७१ साल मंसीर २१ गतेको सरकारी वकिलको निर्णयानुसार ०७१ साल मंसीर २२ गते ताप्लेजुङ जिल्ला अदालतमा जिल्ला बन कार्यालयले काठ तस्कारी र जाहेरी दिने जम्मा १० जना विरुद्ध मुद्धा दायर गरेको थियो । काठ तस्करीमा संलग्न व्यक्तिहरू, शेर बहादुर पतांवा लिम्बू (लिङ्खिम–२), मणि प्रसाद लाबुङ (इखाबु–५), देवराज पतांवा (लिङ्खिम–२),, भीमराज पतांवा (लिङ्खिम–२),, दिलिप पतांवा (लिङ्खिम–२), अरुण लेछर्बो (फुरुम्बु–२), र तेजे लिम्बू (लिङ्खिम–२), जिल्ला बन कार्यालयमा उजुरी दिने व्यक्तिहरू(प्रतिबादी बनाईएका) नारद पतांवा(लिङ्खिम–२), पहलमान पतांवा(लिङ्खिम–२) र मानबहादुर रिजाल (लिङ्खिम–६) रहेका छन् ।
बास्तविक काठ तस्करहरू को को हुन् ?
जिल्ला बन कार्यालय ताप्लेजुङको सूचीमा प्रतिबादी बनाइएकाको संख्या १० जना भए पनि वास्तविक काठ तस्कारीहरूको सूची छोटो छ ।
१. शेर बहादुर पतांवा लिम्बू (लिङ्खिम–२)
२. मणि प्रसाद लाबुङ (इखाबु–५)
३. देवराज पतांवा (लिङ्खिम–२)
४. भीमराज पतांवा (लिङ्खिम–२)
५. दिलिप कुमार पतांवा (लिङ्खिम–२)
६. अरुण लेछर्बो (फुरुम्बु–२)
७. तेजे लिम्बू (लिङ्खिम–२) तेजे लिम्बू भने श्रम गरी जिविका चलाउने सामान्य व्यक्ति हुन् ।
जिल्ला बन कार्यालय ताप्लेजुङले प्रतिबादी बनाएका व्यक्ति को को हुन् त ?
जिल्ला बन कार्यालयमा उजुरी दिने व्यक्तिहरू(प्रतिबादी बनाईएका) को सूचीः
१. नारद पतांवा (लिङ्खिम–२), तालखर्क सामुदायिक बन उपभोक्ता समिति सचिब
२. पहलमान पतांवा(लिङ्खिम–२) तालखर्क सामुदायिक बन उपभोक्ता समिति सदस्य ।
३. मानबहादुर रिजाल (लिङ्खिम–६) रहेका छन् ।
मुख्य काठ तस्करहरूलाई ५ लाख रुपैयाँ र जाहेरी दिने वा जिल्ला बन कार्यालयले प्रतिबादी बनाएका ३ जनालाई १ लाख रुपैयाँ धरौटी लिई तारिखमा छोडेको छ । तालखर्क सामुदायिक बनबाट बरामद भएको जम्मा काठको परिमाण ७२८२.९५ क्यू फीट, जसमा नेपालको साईटीसमा सूचिकृत रानी चाँप नामक काठको मात्र परिमाण ४३२५.०५ क्यू फीट बरामद भएको जिल्ला बन कार्यालयका सहायक बन अधिकृत जीवन कुमार यादवले जानकारी दिए । जिल्ला बन कार्यालय ताप्लेजुङले जम्मा ७२८२.९५ क्यू फीट बराबरको रानी चाँप लगायत विभिन्न जातका काठको बिगो ६७ लाख ३५ हजार एकतीस रुपैयाँ (रू.६७३५०३१.५) बराबरको दाबी गरेको छ । ताप्लेजुङ जिल्ला बन कार्यालयले दाबी गरेको बिगोभन्दा आझ बढी परिमाणमा क्षति भएको देखिन्छ । काठको परिमाण ७२८२.९५ क्यू फीट भए पनि काठ काटिएको आसपासको क्षतिलाई हेर्ने हो भने क्षतिको परिमाण बढ्न सक्ने देखिन्छ ।


