पाँचथरमा औद्योगिक मेला सुरु

पाँचथरमा औद्योगिक मेला सुरु

  • आइतवार, पुस २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

 

पाँचथर, २६ पुस ।

किसानले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले फिदिममा आजबाट कृषि तथा औद्योगिक मेला प्रर्दशनी सुरु भएको छ ।

‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन उद्योग र व्यापार’ नाराका साथ तीन दिनसम्म सञ्चालन हुने मेलामा कृषि, जडिबुटी, घरेलुजन्य गरी २४ वटा स्टलहरु राखिएका छन् ।

जिल्ला कृषि विकास, उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले संयुक्तरुपमा सञ्चालन गर्न लागेको सो प्रदर्शनीमा ५५५ बाली र १९ घरेलुजन्य स्टल दर्ता भएको कृषि विकास कार्यालयका प्राविधिक नरहरी निरौलाले जानकारी दिनुभयो ।

किसानललाई कृषि पेसामा आकर्षित गर्दै कृषि, जडिबुटी तथा घरेलुजन्य उत्पादनमा वृद्धि गर्दै आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले मेलाको आयोजना गरिएको कार्यालय प्रमुख बेनु प्रसाइले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी