पुष २२ एजेन्सी । चीनका कम्युनिष्ट नेता मोत्सेतुङको श्रदाञ्जलीका लागि हेनान प्रान्तमा ३७ मिटर अग्लो सुनको मूर्ति बनाईएको छ । यो मूर्ति निमार्णका लागि तीन मिलियन युआन खर्च भएको छ ।
ठूला व्यापारी र गाउलेले रकम संकलन गरेर उक्त बिशाल मूर्ति बनाईएको हो ।
माओलाई चीनीया जनताको ठूलो हिस्साले अहिले पनि उच्च सम्मान गर्दै आएको छ । उनकै नेतृत्वमा सन् १९४९ अक्टोबर १ का दिन चीनमा जनवादी गणतन्त्र स्थापना भएको थियो ।
त्यस बेला शुरु भएको कम्युनिष्ट पार्टीको सत्ता चीनमा सबै भन्दा लामो काल सम्म यथावत रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

