उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेपछि व्यवसायी उत्साहित

उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेपछि व्यवसायी उत्साहित

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

मुस्ताङ, २२ पुस ।

सन् २०१६ को पर्यटन गन्तव्यमा नेपाल विश्वकै उत्कृष्ट देशको सूचीमा परेपछि जिल्लाका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

बेलायतको ट्राभल गाइड बुक “रफ गाइड” ले विश्वका १० उत्कृष्ट सूची सार्वजनिक गर्दै नेपाललाई पहिलो स्थानमा राखेपछि भूकम्प र तराई आन्दोलनका कारण थला परेको जिल्लाको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी बाह्य पर्यटक भित्र्याउन मद्दत पुग्ने व्यवसायीको विश्वास छ । सन् २०१५ मा पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा करिब ४५ प्रतिशतले कमी आएको छ ।

पर्यटक नहुँदा मुस्ताङमा सञ्चालित १५० वटा साना तथा ठूला होटल बन्द हुने अवस्थामा पुगेका छन् । राउण्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने जिल्लामा पदयात्राका साथै कला, संस्कृति र भू–बनोट अध्ययन तथा प्राकृतिक सुन्दरतामा रमाउन पर्यटक आउने गरेका छन् । पदयात्रामा रमाउने विश्वभरका पर्यटकलाई प्रकाशित गाइड बुकले सहयोग गर्ने मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिनुभयो ।

“हामीले गर्ने प्रचारभन्दा अन्तर्राष्ट्रियस्तरमा हुने यस्तो प्रचारले ठूलो महत्व राख्छ,” उहाँले भन्नुभयो, “यो हाम्रा लागि सुखद् खबर हो ।” भूकम्पपछि अन्तर्राष्ट्रियस्तरमा नकरात्मक सन्देश गए पनि यहाँका पर्यटकीय गन्तव्य सुरक्षित रहेका छन् । देशको अस्थिरताले थुप्रै विदेशी पर्यटकले भ्रमण रद्द गरेको सन्र्दभमा प्रकाशित गाइड बुकले धेरै सहयोग पुग्ने पर्यटन व्यवसायी मीनराज गुरुङको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी